नेपाली मुस्लिमहरुका लागि खुशीको खबर, साउदी सरकारले थप ३०० हज कोटा बढायो

समाचार

7/7/2019

काठमाडौं, २२ असार । साउदी सरकारले नेपालको हज कमिटीलाई ३०० थप कोटा बढाएको पत्र पठाएर जानकारी गराएको छ । पत्र अनुसार कोटालाई थप ३०० बढाएर १५०० कोटा गरेको जानकारी गराएको छ ।

उक्त थप ३०० हज कोटा बढाएको नेपाल हज समितिका अध्यक्ष मो. समसेर मियाँले संचारकर्मी इमरान खानलाई फोन मार्फत जानकारी गराएका छन् ।

मो. समसेर मियाँले जानकारी गराउदै भने नेपाली हाजिहरुका लागी साउदी सरकारले ३०० कोटा बढ़ाएर १५०० गरेको छ । हज यात्राको जम्मा खर्च रु २ लाख ३० हजार लाग्ने छ र आइतबार देखी ५ दिन भित्र रकम बुझाउनु पर्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ