काठमाडौं, २८ साउन । आइएमई नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करणमा भारतीय साहित्यकारहरु पनि आउने भएका छन् ।
फेस्टिभल मङ्सिर २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न हुने छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि एकसयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिनेछन् ।
महोत्सवमा भारतीय लोकसभा सांसद एवम् लेखक शशी थरुर, गीतकार एवम् कवि जावेद अख्तर, अभिनेत्री शबना आजमी लगायत देशविदेशका १५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहको उपस्थिति रहने आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ ।
तपाईको प्रतिक्रिया