नियन्त्रित लागूऔषधसहित पक्राउ नियन्त्रित लागूऔषधसहित पक्राउ

समाचार

5/9/2019

रुपन्देही, २५ बैशाख । सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट मायादेबी गाउँपालिका–१ बस्ने २० वर्षीय अनिल चौधरीलाई नियन्त्रित लागूऔषध  डाईजेपाम १ सय ९१ एम्पुल, फेनारागन १ सय ९१ एम्पुल, नुर्फिन १ सय ९१ एम्पुल, मोबाईल १ थान र नगद १६ हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त लागूऔषध लिन आएका कपिलबस्तु बाणगंगा नगरपालिका ११ बस्ने ३८ वर्षीय बुद्धेश्वर चौधरीलाई समेत सोही नगरपालिका(५ गल्लामण्डीबाट प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ