नेवि संघले स्थापना गर्यो स्वर्गीय खनालको स्मृतिमा एक लाखको अक्षय कोष

समाचार

9/16/2018

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २२ भाद्र । वाणगांगा नगरपालिकाको उच्च मा वि झण्डाका नेपाल विद्यार्थी संघ ईकाई समितिका सभापति २४ वर्षे स्वर्गीय शरद खनालको स्मृतिमा १ लाखको अक्षयकोष खडा गरिएको छ । 

विद्यालयमा आयोजित एक समारोहका बिच सो रकम बिद्यालयलाई हस्तान्तरण गरिएको थियो । नेवि संघ बुङची क्याम्पस र क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा सांसद अतहर कमालले सो रकम बिद्यालयलाई हस्तान्तरण गरेका थिए । गत असार २२ गते खनालको मृत्यु भएको थियो । 

अक्षय कोषबाट आउने ब्याजले बिद्यालयमा अध्ययनरत गरबी र जहेन्दार बिद्यार्थीलाई छात्राबृत्रि दिने खनालका बुवा बेद प्रकाश खनालले बताए । सो अवसरमा सांसद कमालले संघले एक होनाहार युवा गुमाएको प्रति समबेदना प्रकट गर्दै संघले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । 

उनले समाजमा यस्ता सकारात्मक काममा लाग्न सघलाई आग्रह गरेका थिए कार्यक्रममा संघका सह महामन्त्री प्रकाश घिमिरे, तरुण दलका जिल्ला अध्यक्ष शत्ति सिंह ठकुरी, ने वि संघ जिल्ला सभापति राकेश पाण्डेय, छबिलाल नेपाली, सालिकराम चौधरी, बिश्व पाण्डेय, क्षेत्रीय सभापति चन्द्रकान्त पाख्रेल, प्राचार्य कृष्णा टंडन, कमल प्रसाद खनाल, मोहन ज्ञवाली, कार्यक्रम संयोजक मीन थापा, रबि काफ्ले लगगतले मन्तब्य दिएका थिए । 

दिनेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गोबिन्द आचार्यले गरेका थिए । सो अवसरमा क्षेत्रीय सभापति चन्दकात पोख्रलले ने वि संघमा आवद्ध विद्यार्थीहरुको हकहितको लागी सामाजिक सहयोका कामहरु गर्दै जाने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ