सर्लाही, ११ माघ । ईलाका प्रहरी कार्यालय कर्मैयाको सहकार्य तथा सुकेपोखरी आँखा उपचार केन्द्र हरिवनको सहयोगमा सर्लाही बाग्मती नगरपालिका-५ स्बास्थ्य चौकी राजघाटमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तरर्गत २ दिने नि:ल्क आँखा शिबिर बिहीबार सम्पन्न भएको छ ।
उक्त शिविरमा ९० जनालाई सेवा प्रदान गरिएको थियो । यसैगरी ट्राफिक प्रहरी कार्यालय मलगंवा सरलाहीको आयोजनामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत ओम हेल्थ केयर मलगंवाको सहयोगमा सवारी चालकहरुलाई निःशुल्कस्वास्थ्य परीक्षण गरिएको छ ।
उक्त अवसरमा कूल ९५ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
तपाईको प्रतिक्रिया