काठमाडौं, २४ माघ । नेपाल र भारतको १० वर्ष पुरानो वाणिज्य सन्धीको पुनरावलोकनका लागि सहसचिवस्तरीय बैठक पोखरामा सुरू भएको छ ।
नेपालले भारतीय बजारमा सामानहरू लैजान कसरी सजह बनाउने, भन्सार दर, यातायातलगायतका विषयमा छलफल भइरहेको छ ।
यस्तै, भन्सार शुल्क जसमा नेपालले कृषिजन्य बस्तुको भन्सार छुट माग्ने, बस्तु जुन नेपालबाट भारत निर्यात हुन्छ त्यसमा छुट माग्ने, रेलमार्ग विस्तार जलमार्गको प्रवेशमा सहजताको विषयलाई उठान गर्ने लगायतका विषयमा छलफलको अजेन्डा तोकिएको छ ।
सन् २००९ मा भएको सन्धी पुनारावलोकनको लागि यसअघि नेपाल र भारतबीच दिल्लीमा गत अगस्टमा वार्ता भएको थियो । सन्धी पुनरावलोकनका लागि भारतीय पक्ष सकारात्मक देखिएको छ ।
सह–सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट ९ र भारतका तर्फबाट ७ जना गरि १६ जनाको छलफलमा सहभागि छन् ।
तपाईको प्रतिक्रिया