विशेष कारण भन्दै प्रदेशसभा बैठक स्थगित

समाचार

7/24/2019

विराटनगर, ८ साउन । प्रदेश १ को प्रदेशसभाको चौथो तथा बजेट अधिवेशनको २७ औँ बैठक नबस्दै स्थगन गरिएको छ ।

देशसभाको बैठक कक्षको प्रवेशद्वारमा बर्षातको पानी जमेको र शौचालयको ट्याङ्की भरिएर त्यहाँको फोहर बाहिर निस्की दुर्गन्ध फैलिनुजस्ता कारणले सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनमा बैठक स्थगित गरिएको हो ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगन गर्नु परेको प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।  

बैठक स्थगनपछि प्रदेशसभा सदस्यहरु आ–आफ्ने गन्तव्यतिर लागेका थिए । प्रदेशसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ