वीरगन्ज, १६ बैशाख । वीरगन्ज महानगरपालिका वडा नं २७ कुहडीमा जामे मस्जिदको शिलान्यास भएको छ ।
प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत निर्माण हुने जामे मस्जिद शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय कुमार चौरसिया रहेका थिए ।
प्रदेशसभा सदस्य राजेश्वर प्रसाद तेलीले सो मस्जिदको शिलान्यास गरेका हुन् । यसअघि पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको आमोदेवी मन्दिर प्रवेशद्वारको शिलान्यास प्रदेश सभा सदस्य तेलीकै क्षेत्र विकास कार्यक्रम अन्तर्गत चौरसियाले गरेका थिए ।
प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत निर्माण हुने जामे मस्जिदको कुल लागत ५ लाख रहेको तेलीले बताए ।
जामे मस्जिद निर्माण उपभोक्ता समितिकाका अध्यक्ष अकुम मियाँ अन्सारीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा स्थानीय नेता हृदेनारायण पटेल, प्रेमचन्द्र कुशवाहा, नेविसंघका सरोज चौरसिया, वार्ड सदस्य संदिप साह, युवा नेता धर्मेन्द्र पटेल लगायत स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया