प्रदेश प्रमुख कायस्थद्वारा चिन्ता व्यक्त

समाचार

10/28/2018

जनकपुरधाम, १० कार्तिक । प्रदेश नं. २ का विद्यार्थीहरुलाई अध्ययनका लागि अन्यत्र जानु परेकोमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गरेका छन् ।

गुणस्तरीय शिक्षाको अभावमा स्तरीय शिक्षा पाउन नसक्दा विद्यार्थीहरु प्रदेश नं. २ बाट पलायन हुने क्रम बढिरहेको भन्दै प्रमुख कायस्थले चिन्ता व्यक्त गरेका हुन् । आफ्नै प्रदेशको स्कुल ,कलेजहरुमा गुणस्तरीय शिक्षा पाउन सके विद्यार्थीहरु नेपालका अन्य प्रदेश लगायत विदेशमा गएर अध्ययन गर्नुपर्ने बाध्यता हट्ने उनले बताए । साथै यसबाट ठुलो रकम बिदेशिनबाट जोगिने पनि उनले धारणा राखेका छन् ।

जनकपुरधामस्थित सर्वौदय ल एण्ड म्यानेजमेण्ट स्कुलको उद्धघाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले प्रदेशमा शिक्षा लगायत हरेक क्षेत्रका लागि यसपटक राम्रो कार्यक्रम ल्याईएकोले बिभिन्न क्षेत्रमा बिकास तथा सुधारको सम्भावनाहरु रहेको पनि बताए ।

उनले प्रदेश नं. २ मा सर्वोदय विद्यालयद्धारा सँचालन हुने ल को अध्ययन अध्यापनका लागि बिद्यालयका सँस्थापक ब्रजेन्द्र मिश्रलाई शुभकामना तथा बधाई समेत दिएका छन् ।

त्यस्तै, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा ले प्रदेश नं. २ मा अन्य प्रदेशको तुलनामा बिद्यार्थीहरुको साक्षरता दर एकदमै न्युन रहेको बताए । कानुनी पढाईका लागि प्रदेश सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने समेत उनले बताए । यस प्रदेशका शिक्षकहरु अन्य प्रदेशमा गएर अध्यापन गराउँदै आएको तर यसै प्रदेशमा साक्षरता दर कम भएकोमा आफु आश्चर्य चकित भएको झाको भनाई थियो ।

कार्यक्रममा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झाले जनकपुरधाममा ल को अनुमति दिलाउन आफ्नो अहम योगदान रहेको बताएकी थिइन् । त्यस्तै, एन प्याबसनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाले प्रदेश २ को अस्तित्वलाई केन्द्र सरकारले स्वीकार्न नसक्दा आफ्लाई दुख लागेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ