प्रदेश र संघीय सरकार मिलेर विपत्तिको सामना गर्नुपर्छ : मुख्यमन्त्री राउत

समाचार

7/30/2019

काठमाडौं, १४ साउन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले डुबान तथा बाढी जस्ता विपत्तिको सामना गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश र संघीय सरकार मिलेर विपत्तिको सामना गर्नुपर्ने बताएका छन् ।

प्रदेश २ मा बाढीले मच्चाएको वितण्डा र विपत्तिबारे बारे भने, ‘प्रदेश सरकारसँग विपत्ति सामना गर्न सक्ने क्षमता छैन ।’

प्रदेश २ मा अझै बाढी र डुवानबाट प्रभावितको राहत तथा पुनःस्थापना नभएको भन्दै उनले क्षमता र स्रोतले भ्याएसम्म काम गरे पनि धेरै काम बाँकी रहेको बताए ।

‘अहिले पनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुगेन भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन । तर राहत धेरैलाई पुगेको छैन ।’ मुख्यमन्त्री राउतले भने ।

नदी तथा खोलामा तटबन्ध निर्माणलगायतका काम नगरेकाले बाढी तथा डुवानको समस्या आएको मुख्यमन्त्री राउतले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ