काठमाडौं, ८ असोज । तेजाब प्रहारबाट घाइते भएकी किशोरीको उपचारको क्रममा मृत्यु भएको घटनाप्रति आक्रोश पोख्दै प्रदेश सांसदले संघीय सरकारको नश्लीय भेदभावले मृत्यु भएको आरोप लगाएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका जादोलाल दासका छोरी सम्झना दास र सुस्मिता दास सुतीरहेको बेला २६ भदौ राती एसिड प्रहार भएको थियो ।
कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा आइतबार राती सम्झनाको मृत्यु भएको छ । प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोले संघीय सरकारको विभेदकारी नीति र नश्लीय भेदभावले मृत्यु भएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘शनिबार मात्र अस्पताल पुगेर म र प्रदेश न २ का मन्त्री मा. राम नरेश रायले स्वास्थ्य अवस्था बुझी प्रदेश सरकारले हाललाई ५०–५० हजार सहयोग गरेको र थप सहयोगका लागि पहल गर्ने बचनबद्धता व्यक्त गरेको थिएँ ।
उनी लेख्छन्, ‘विडम्बना के छ भने २०७१।११।१० गते सीमा बस्नेत र संगीता मगरलाई बसन्तपुरमा एसिड आक्रमण हुँदा सम्पूर्ण खÞर्च सरकारले बेहोरेको थियो ।
तर प्रधानमन्त्री कार्यालयमा पीडित पक्षले पुगेर घटनासम्बन्धी र सहयोगका लागि पत्र दर्ता गराएको हप्तौं बितिसक्दा पनि संघीय सरकारले कुनै चासो लिएको छैन ।’ उनले प्रश्न गरे, ‘के यो संघीय सरकारको नश्लीय भेदभाव हैन ?’
तपाईको प्रतिक्रिया