काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता चेतनारायण आचार्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले प्रेस विज्ञप्ति जारी गरी पार्टीले आजकै मितिदेखि लुम्बिनी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
जसपाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई पार्टीको निर्णयअनुसार निर्देशनसमेत दिएको छ।
पार्टीले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेय तथा प्रदेशसभा सदस्यहरूलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।
जसपाको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारको राजनीतिक समीकरणमा थप दबाब सिर्जना भएको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने अवस्थामा जसपाको निर्णयले सरकारको पक्षमा आवश्यक मत जुटाउने चुनौती थपिएको छ।
तपाईको प्रतिक्रिया