जनकपुरधाम, २७ साउन । प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि औपचारिकरुपमा प्रक्रिया सुरु भएको छ ।
सत्तारुढ समाजवादी पार्टी र राजपाका नेताहरु मधेश प्रदेश नामाकरण हुनुपर्ने भन्दै आएका छन् । प्रदेशसभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।
प्रदेशका सांसदहरुले आगामी भदौ ५ गते साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गराउन सक्ने जानकारी दिएको छ ।
यसअघि प्रदेश सरकारले नामाकरण र राजधानीका लागि राय सल्लाह संकलनका लागि सम्वाद सुझाव आयोग गठन गरेको थियो । सो आयोगले आफ्नो बुझाइसकेको छ ।
सो आयोगको प्रतिवेदनअनुसार सबभन्दा बढी ६८ प्रतिशत मत मधेश प्रदेशको पक्षमा रहेको आयोगका सदस्य तथा राजपाका सहमहासचिव रामप्रवेश बैठाले जनाएका छन् ।
यसैगरी, प्रदेशको नाम मिथिला प्रदेश, जानकी प्रदेश, मध्यमधेश, मिथिला भोजपुरा लगायतबारे बहससमेत चलिरहेको छ ।
तपाईको प्रतिक्रिया