जलेश्वर, ५ भाद्र । प्रदेश नं. २ की प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ उपाध्यक्ष रानी शर्मा तिवारीले छात्राहरुलाई साइकल वितरण गरेकी छन् ।
मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत सांसद तिवारीले बिहीबार साइकल वितरण गरेकी हुन् ।
जलेश्वरनाथ नगरपालिकास्थित श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयका कक्षा आठमा अध्ययनरत् एक सय १३ छात्रालाई साइकल वितरण गरिएको छ ।
तपाईको प्रतिक्रिया