प्रदेश २ मा छोरी जन्मिए एक लाखको बीमा

समाचार

1/27/2019

काठमाडौं, १३ माघ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको प्रदेश २ सरकारले प्रदेशभित्र जन्मिने हरेक बेटी (छोरी)को एक लाखको बीमा गर्ने भएको छ ।

फागुन पहिलो सातादेखि सुरु हुने बीमा कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने कार्यक्रम छ । ‘पहिलो चरणमा ८ वटा जिल्लाका ८ वटा पालिका सुरु गर्दैछौं’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘आउने दिनहरुमा प्रदेशभित्रका सबै पालिकामा यो कार्यक्रम सुरु गर्छौं ।’

बीमाको प्रिमियम प्रदेश सरकारले तिर्छ र २० वर्षपछि हरेक बिमितले एक लाखको वीमा प्राप्त गर्नेछ । ‘भोलिका दिनमा यो वीमाले छोरीहरुलाई शिक्षा हाँसिल गर्न सहयोग पुग्नेछ । यसले कम उमेरमा हुने विवाहलाई पनि रोक्छ’ उनले भने ।
बीमा कार्यक्रमका लागि प्रदेश सरकारले वर्षमा १ अर्ब जति व्यहोर्नुपर्ने देखिएको राउतले बताए । उनले थपे, ‘५०र६० हजार छोरीहरु जन्मिए भने एक अर्बजति लाग्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ