प्रदेश २ लोकसेवा आयोगको अध्यक्षमा यादव सिफारिस

समाचार

8/22/2019

जनकपुरधाम, ५ भाद्र । प्रदेश नं. २ को लोकसेवा आयोगको अध्यक्षमा प्रा.सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन् ।

मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको अध्यक्षतामा रहेको सिफारिस समितिले बिहीबार यादवलाई अध्यक्षमा सिफारिस गरेको छ ।

समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीका नेता सत्यनारायण मण्डल सदस्य छन् ।

अध्यक्षमा सिरफारिस भएका यादव सिरहा निवासी हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ