काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिएका छन् ।
शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले सामूहिक टिका लगाइ दिए ।
सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेका थिए ।
तपाईको प्रतिक्रिया