काठमाडौं, १७ पुस । नेपाल सरकार, मन्त्रीपरिषद्को पुस १३ गतेको निर्णयानुसार रथी दर्जामा पदोन्नती भएका उपरथी सरद कुमार गिरीलाई मंगलबार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
रथी दर्जामा पदोन्नती भएका रथी गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया