टीकापुर, २१ असार । कैलालीको बर्दगोरिया गाउँपालिकाको धार्मिकस्थल बरतगोरियालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ ।
पुरानो र चर्चित धार्मिकस्थल भएपनि यहाँ आवश्यक पूर्वाधार निर्माणको काम हुन सकेको थिएन । मन्दिरमा पुग्न सिढी र भक्तजन नुहाउन तलाउ लगायतका पुर्वाधार निर्माण सुरु गरिएको बर्दगोरिया गाउँपालिका–२ का वडाध्यक्ष भेखु चौधरीले बताए ।
‘स्थानीयस्तरमा व्यक्तिगत रुपमा लगानी गरी केही भौतिक निर्माण गरिएका भए पनि सरकारी लगानी शून्य थियो,’ उनले भने, ‘खानेपानी र बाटोलगायतका थुप्रै समस्या थिए । अब आवश्यक पुर्वाधार निर्माण सुरु भएको छ ।’
पूर्वाधार विकास भएपछि भक्तजनलाई सजिलो हुने र पर्यटकको आकर्षण पनि बढ्ने आशा गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया