पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

समाचार

7/31/2019

काठमाडौं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीको रुपमा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराई नियुक्त भएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा थियो ।

पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ