महोत्तरी, १५ असार । ‘घर–घर जायें, पौधे लगायें, पर्यावरण बचायें’ मूल नाराका साथ डा. सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको परौल स्थानबाट वृक्षारोपण अभियान सुरु गरेको छ ।
जनमत पार्टीले वन विभाग र स्थानीय तहसँगको सहकार्यमा वृक्षारोपण अभियान सुरु गरेको हो ।
पार्टीको ‘१ करोड वृक्षारोपण अभियान’लाई अध्यक्ष डा.राउतले उद्घाटन गरेका हुन् । जनमत पार्टीले असार १५ गते जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई वृक्षारोपण गर्न निर्देशन दिएको छ ।
जनमत पार्टीले आफ्नो घोषणापत्रमा १ करोड वृक्षारोपण अभियानलाई आफ्नो प्राथमिकताका कार्यक्रममा राखेको छ ।
तपाईको प्रतिक्रिया