नेपालगञ्ज, २४ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औ जन्मोत्सव नेपालगन्जमा मनाइएको छ । जन्मदिनको अवसर पारेर सोमबार नेपालगञ्जमा दीप प्रज्वलन गरिएको छ ।
नेपालगञ्जको बागेश्वरी मन्दिरमा दीप प्रज्वलन गरिएको हो । गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल, बाँके र स्व. राजा बीरेन्द्र सालिक निर्माण समितिको आयोजनामा शम्शेर चन्द्रको संयोजकत्वमा कार्यक्रम भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका केन्द्रीय कोषाध्यक्ष भिम बहादुर शाहीले देशलाई विखण्डन गरेर कसैले नागरिकता बेचेको र कसैले धर्म र कसैले नदीनाला बेचेको बताए ।
देशको हितका लागि लाग्ने भनेको राजसंस्था हुन्छ भन्दै उनले मुलुकमा अहिले झन राजसंस्थाको आवश्यकता भएको बताए ।
तपाईको प्रतिक्रिया