पर्सा, १७ साउन । बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा चौकस्थित मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिआर २२ पि ९८८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मुसहर्वा टोल बस्ने ६५ वर्षीय भिम दासको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया