प्रहरीद्वारा गाँजा नष्ट

समाचार

12/31/2018

राम नारायण पंडित, सिरहा, १५ पुस । ईलाका प्रहरी कार्यालय गोलबजारले विभिन्न व्यक्तिले खेतबारीमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ ।

गोलबजार नगरपालिका बडा नं. २ र १० मा लुकाईछिपाई खेतबारीमा लगाइएको करिव १५ सय गाँजाको बोट फडानी गरी प्रहरीले आज नष्ट गरेको हो ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर नविन कुमार घिमिरेको नेतृत्वमा गएको प्रहरी गस्ति टोलीले अबैध रुपमा लगाईएको गाँजा फडानी गरी स्थानीय जनप्रतिनिधी, व्यपार संघका प्रतिनीधिको उपस्थितिमा नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ