जनकपुरधाम, १२ भाद्र । पर्यटक प्रहरीलाई एक नरिवल बेच्ने किशोरले दुई सय रुपैयाँ नदिँदा कुटिएका छन् ।
फुटपाथमा नरिवल बेच्ने १६ वर्षीय रोशनकुमार चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेका छन् ।
प्रहरी जवान यादवले चौधरीसँग दुई रुपैयाँ माग गरेका थिए । भनेको अनुसार पैसा नदिँदा आफूलाई कुटपीट गरेको पीडित चौधरीले बताएका छन् ।
प्रहरीले चौधरीको गालामा मुकाले हानेका थिए । प्रहरीको कुटाइबाट चौधरीको गाला फुटेको छ ।
तपाईको प्रतिक्रिया