रौतहट, १६ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक प्रहरी सेवा केन्द्र गौरको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहटमा सोमबार बिहान सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रहरीको काम कर्तव्य, जिम्मेवारी, प्रहरीले हेर्न मुद्दाको किसिम र नागरिकलाई प्रदान गरिएको सेवा र हासिल भएको उपलब्धी सम्बन्धमा जानकारी गराएका थिए ।
साथै उनले विद्यार्थीको जिज्ञासा समेत सम्बोधन गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रहरी कर्मचारीहरू, अभिभावक एवं र विद्यार्थीको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया