धनुषा, २ जेठ । प्रदेश २ प्रहरी कार्यालय, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले जनकपुर उपमहानगरपालिका ४ स्थित जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पालले नयाँ सुविधा सम्पन्न भवनसँगै नयाँ सोचका साथ प्रहरी कर्मचारीहरुले काम गर्नुपर्ने बताए । कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी, संचारकर्मीहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया