प्रहरी हिरासतभित्र यातना दिनेलाई कारबाही गर्न माग

समाचार

10/29/2018

सप्तरी, १२ कार्तिक । हत्या आरोपमा सोधपुछ तथा अनुसन्धानका लागि पक्राउ गरिएकाहरुमाथि प्रहरीले चरम यातना दिएको भन्दै कारबाहीको माग गरिएको छ ।

विभिन्न पाँच संघसंस्थाहरुले सोमबार एक विज्ञप्ति जारी हिरासतभित्र यातना दिने प्रहरी प्रशासनलाई कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

गत भाद्र २ गते जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी सुत्ने कोठा, डिएसपी र इन्स्पेक्टर बस्ने कोठाको पश्चिमपट्टिको घरमा बस्ने एकल महिला आशा देवको विभत्स हत्याएको थियो । हत्याको अनुसन्धान तथा सोधपुछका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये एक जना बिक्की मेहतर रिहा भएर आउँदा उनलाई प्रहरीले अमानवीय तरिकाले यातना दिएको बताएका थिए । सो यातना मानव अधिकारविरुद्ध भएको भन्दै पाँच वटा सामाजिक संघसंस्थाहरुले भतर््सना गरेका छन् ।

प्रहरी कार्यालयकै छेउमा महिलाको हत्या हुनु र त्यसको अपराधिक पक्राउ पर्न नसक्नु प्रहरीको निरीहता रहेको ती संगठनहरुले आरोप लगाएका छन् ।

तसर्थ, महिलाका हत्यारालाई पक्राउ गरिनुपर्ने र प्रहरी हिरासतभित्र यातना दिने प्रहरीलाई कारबाही गर्नुपर्ने माग प्रेस विज्ञप्तिमार्फत् गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ