इमरान खान, कपिलवस्तु, ११ माघ । बोर्डर क्षेत्रहरुमा बर्षो देखी पशु तथा पशुजन्य उत्पादन सामाग्री आयात गर्दा स्वास्थ्य अस्वास्थ्य चेक जाँच गरी नेपाल भित्र्याउने सम्बन्धी काम गर्दै आएको पशु क्वारन्टाइन कृष्णनगर कपिलवस्तुको अयोजनामा बिहिवार पशु क्वारन्टाइन समन्वय अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथी प्रमुख पशु चिकित्सक डा.सम्झना काफ्ले(पशु सेवा बिभाग) आमन्त्रित वरिष्ठ पशु चिकित्सक पशु क्वारन्टाइन भैरहवाका डा.गाँधी राय उपाध्यय, ईलाका प्रशासन कार्यालय चन्द्रौटा शाखा अधिकृत जगदीश आर्यल,पशु क्वारन्टाइन कृष्णनगर शाखा प्रमुख अनिलकुमार शर्मा लगायतको उपस्तिथी रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता डा.गाधी राय उपाध्ययले गर्दै भनेः हामीले प्रहरी प्रशासनद्वारा समन्वय गरी कार्य गर्नुपर्छ नेपालमा पशुपालन पेशालाई व्यवसायिक रुपमा अघि बढाउने हो भने देश भित्र पशु रोगको प्रकोप कम गर्नुपर्ने उनको धारणा थियो ।
तपाईको प्रतिक्रिया