प्रदेश २ को तथ्यांकसहितको पुस्तक फ्याक्ट्स विमोचित

समाचार

9/19/2019

जनकपुरधाम, १ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश नं. २ को तथ्यांकसहितको पुस्तक फ्याक्ट्सको विमोचन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकको विमोचन पछि मुख्यमन्त्री राउतले पुस्तकले प्रदेशको विकास निर्माण सम्बन्धि योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव दीपक सुवेदी सहितका वक्ताहरुले पुस्तकको उपादेयताको विषयमा आ–आफना धारणा राखेका थिए ।

कार्यक्रममा सबै मन्त्रालयका सचिव, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ