फर्निचर उद्योगमा आगलागी हुँदा डेढ करोडको क्षति

समाचार

10/31/2018

परासी, १३ कार्तिक । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हुँदा रु डेढ करोड बराबरको क्षति भएको छ । 

आगलागीका कारण उद्योगमा रहेका सम्पूर्ण सामान र परिसरमा राखिएको सञ्चालक राजु पाण्डेको  बा १३च ८००६ नम्बरको कारसमेत जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । बर्दघाटमै दमकल नभएका कारण समयमा आगो नियन्त्रण नहुँदा उद्योगम पूर्णरूपमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ