फोरमको शुभकामना आदान प्रदान

समाचार

10/14/2018

कपिलवस्तु, २८ असोज । नेपालीहरुको महान पर्व बडादशै नजिकिएसँगै कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा हाल आएर दिनहुँजसो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना हुन थालेका छन् ।

यसैबीच संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले दशै, दिपावलीको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न नेताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

शुभकामना मन्तव्य दिँदै कपिलवस्तुका प्रमुख प्रहरी उपारिक्षक मजोज कुमार यादवले दशैमा हुने विभिन्न घटनाहरुको न्यूनिकरण गर्न तथा शान्ति व्यावस्था कायम गर्न सम्पुर्णले सहयोग गर्नु पर्ने बताएका थिए । घटना हुनै नदिनाको लागि घटना हुना सक्ने शंका लागेमा प्रहरीलाई जानकारी गराउन समेत अग्रह गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालय समेत सक्रिय रहेको बताएका छन । फोरमको शुभकामना अदानप्रदान कार्यक्रममा यहाँ हिन्दु मुस्लिम समुदायको उपास्थिति रहेकोले भाईचाराको सम्बन्ध कायम गर्ने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य सहसराम यादवले सम्पुर्णमा शुभकामना दिएका थिए ।

कार्यक्रममा फोरम कपिलवस्तुको अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षता, प्रदेश नं. ५ का प्रदेश सभा सदस्य सहसराम यादवको प्रमुख अतिथ्याता, प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, फोरमका केन्द्रिय सदस्य रामबरण यादवको विशिष्ट अतिथ्याता तथा प्रहरी उपरीक्षक मनोज कुमार यादव, सहयाक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, फोरमका सचिव बजरंगी चौधरी लगायतको अतिथ्याता रहेको कार्यक्रम कपिलवस्तु नगरपालिकाको सभाहालमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ