बोइलर कुखुराको चल्ला बरामद

समाचार

10/5/2018

रुपन्देही, १८ असोज । सांस्कृतिक नगरपालिका ५ स्थित तेनहवाबाट एपीएफ टोलीले करीव ५ हजार छ सय वटा बोइलर कुखुराको चल्ला बरामद गरेको छ ।

अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त चल्लासहित चल्ला ल्याउन प्रयोग गरिएको ५ वटा साइकलसमेत एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद चल्ला भन्सार कार्यालयका कर्मचारी, पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ