नक्कली सुन बिक्री गर्ने पक्राउ

समाचार

10/15/2019

धनुषा, २८ असोज । सुन जस्तो देखिने धातुलाई सुन हो भनी क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा चोकस्थित बिकेटी ज्वेलर्समा बिक्री गर्न खोज्ने ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर डेबरिया लारसमेमपुर बस्ने ५५ वर्षीय राम कुमार बर्मा, ६० वर्षीया शान्ति देवी र ३५ वर्षीया सिमा देवी रहेका छन् । सुन जस्तो देखिने धातुबाट बनेका कानको रिङ ६ थान, टप ६ थान, औंठी १ थान र लकेट १ थान उक्त पसलमा विक्री गरी ठगी गर्न खोजेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ