महोत्तरी, १२ असार । एउटा/दुई वटा सादा बिल पनि दिनुहोला’, खाजा खाएपछि सय रुपैया तिरिरहँदा एक ग्राहकले पसलेलाई भने,‘जसरी पनि एक दुईदिन भित्रै खाजाको बिल पेश गर्नुपर्ने छ । तपाईलाई केही फरक पर्दैन, बिल दिए हुन्छ ।’
असार महिना लागेकोले यस्ता दृश्यहरु अहिले खाजा पसलमा मात्र नभई होटल, लज, स्टेशनरी, कपडा, गिफ्ट हाउस, हार्डवेयर लगायत ठाउँमा सरकारी तथा गैरसरकारी कार्यालय एवं संस्थाका कर्मचारी तथा संचालकको भीड लाग्ने गरेको पाइन्छ ।
सोतका अनुसार सरकारी कार्यालयबाट लाखौंको कारोवार गर्नेहरुको पहिलो एवं दोस्रो पेशाको रुपमा गैरसरकारी संस्था एवं कुनै न कुनै पसलको मालिक रहने गरेका छन् । एकै घर परिवारका एउटा सदस्यले पसल, अर्को सदस्यले गैरसरकारी संस्था एवं अन्य सदस्य सरकारी कार्यालयमा कार्यरत रहेको समेत पाइन्छ । यस श्रेणीभित्र नपर्नेहरु केही निश्चित रकम दिएर भएपनि पसलको सादा बिल लिने गरेको स्रोतको दाबी छ । गैरसरकारी संस्थामध्ये अधिकांशले बैंकिङ्ग प्रणालीमार्फत पसलहरुको भुक्तानी नगर्दा यो व्यवसाय निकै फस्टाएको छ ।
असार महिना लाग्दा जिल्ला भित्रै तथा सीमापारी भारतीय प्रेसहरुमा पसलहरुकै नक्कली बिल छाँपिने गरेको समेत पाइन्छ । नाम उल्लेख नहुने शर्तमा एक कर्मचारीले भने, ‘लाखौंको कारोबार गर्ने गैरसरकारी संस्थाहरुले पसलको मात्र नभई प्रशिक्षकहरुको समेत नक्कली ब्यक्तिगत बिवरण तथा भपाईहरु सरकारी कार्यालयमा पेश गर्ने गर्छन् । गैरसरकारी कार्यालयलाई काम दिने ब्यक्ति नै कागजात जाँच्ने एवंम् पास गर्ने ठाउँमा भएकोले यसबारे कुनै चर्चा नै हुँदैन ।
गैरसरकारी संस्थाहरुले एक ठाउँमा खिचिएको कार्यक्रमको फोटोलाई नै विभिन्न तरीकाले विभिन्ननगर तथा गाउँपलिकामा कार्यक्रम सम्पन्न भनेर पेश गर्ने गरेको समेत पाइएको स्रोतको दावी छ ।
तपाईको प्रतिक्रिया