बेटी पढाउ, बेटी बचाऊ अभियानका लागि संकल्प सभाको तयारी तीव्र

समाचार

12/31/2018

रौतहट, १६ पुस । प्रदेश २ सरकारका बेटी पढाउ, बेटी बचाऊ अभियानका लागि रौतहट जिल्लाको सदरमुकाम गौरमा विशाल महासंकल्प सभाको तयारी शुरू भएको छ ।

पौष २० गतेका दिन हुन लागेको विशाल संकल्प सभाको आयोजना गौर नगरपालिका, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका संयुक्त रुपमा गर्न लागेको हो ।

बेटी पढाउ, बेटी बचाऊ अभियानको सफलताका लागि महासंकल्प सभाको आयोजना गर्न लागिएको गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।

बालिकाहरुको शिक्षा, भ्रुण हत्या, महिलाप्रति हुने विभिन्न खालका हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश सरकारले यस्तो अभियानको सञ्चालन गरेको हो । अभियानका ब्रांड एम्बेस्डर नायिका रेखा थापा सहभागी हुने कार्यक्रम रहेको प्रमुख गुप्ताले जनाएका छन् ।

बाल विवाह, घरेलु हिंसा, महिला तथा बालबालिकाको शिक्षामा सामान सहभागिताका लागि कार्यक्रममार्फत जानकारी गराउने भएकोले यो संकल्प सभा हुन लागेको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहको भनाइ रहेको छ ।

रौतहटमा महिला हिंसा, बालविवाहको अवस्था दिनप्रतिदिन बढ्दै गएकोले यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको कथन रहेको छ ।

पहिलोपटक विशाल संकल्प सभाको आयोजना भैरहेकोले सभामा महिला तथा बालिकाहरुको मात्र सहभागिता हुने आयोजक सस्थाले जनाएको छ ।

यो कार्यक्रमले बेटी पढाउ, बेटी बचाऊ अभियानमा ठूलो सहयोग पुग्ने आयोजक संस्थाहरुको विश्वास रहेको छ । रेखा फाउण्डेशनको निर्देशक समेत रहेकी थापाको आगमनलाई लिएर स्थानीयहरु धेरै उत्साहित देखिएका छन् ।

सोही दिन रौतहटमा पहिलो पटक जडान भएको वायरलेस सिसि कैमराको उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल उद्घाटन गर्न रौतहट आउने छन् । महानिरिक्षक खनालको यो पहिलो पटक रौतहट आगमन हुँदैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ