वीरगञ्ज, २७ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम् संघीय सांसद प्रदिप यादवले लगातार भइरहेको वर्षाका कारण हुन सक्ने क्षतिलाई कम गर्न गाउँ–गाउँमा उद्धार टोली खटाउन पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
लगातारको वर्षाले पर्साको सिर्सीया, तिलावे, सिक्टा, भेडाहा लगाएतका नदीहरुको जलस्तर बढ्दै गएकोले बाढीबाट हुन सक्ने क्षतीलाई कम गर्न यथाशीघ्र उद्धार टोली खटाउन सांसद यादवले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई निर्देशन दिएको बताए ।
पूर्वसावधानी नअपनाउँदा हरेक वर्ष वर्षायाममा बाढीबाट तराईका जिल्लाहरुमा हुने ठूलो जनधनको क्षतिबाट जोगाउन समयमै उद्धार टोली खटाएर अलर्ट अवस्थामा राख्न प्रजिअलाई निर्देशन दिएको सांसद यादवले बताए ।
तपाईको प्रतिक्रिया