रौतहट, ९ साउन । लालबकैया र बागमती नदीमा पानीको बहाव बढेको सुन्ने बित्तिकै रौतहटको सदरमुकाम गौरका स्थानीयहरु भयभीत एवं त्रसित हुने गर्छन् ।
पूर्वमा बागमती, पश्चिममा लालबकैया नदी र बीचमा झाझ खोलाको बिच भागमा रहेको गौर बाढीको पानीबाट डुबानमा पर्दै आएको र बेला बेलामा ठूलो क्षति हुने गरेको कारण स्थानीयहरु बढी त्रसिने गर्दछ ।
बागमती नदीको छेउमा रहेको गाउँका स्थानीयहरु जति डराउँदैन उति गौरका स्थानीयहरु डराउने गरेको हो । व्यापारी, उद्योगी, व्यवसायी लगायतका व्यक्ति बाढीबाट भयभीत हुने गर्दछ । भयभीत हुनुको कारण नदीको पानीको उचित निकास र व्यवस्थित बाँध नहुनु हो ।
सुख्खा मौसममा बाटो नाला निर्माणमा ध्यान दिने नेपाल सरकारले डुवानमा पर्ने गाउ शहर बस्तीलाइ कसरी जोगाउने तर्फमा ध्यान नदिँदा प्रत्येक वर्ष गौरबासीलाइ लाखौको क्षति वेहोर्नु परिरहेको छ । गौरदेखि दक्षिण तर्फमा भारत सरकारले निर्माण गरेको तटबंध पानी एउटा कारण रहेको छ ।
राजनीतिक दलले कूटनीतिक रुपमा देशको नागरिकको समस्या समयमा समाधान गर्ने तर्फमा ध्यान नदिदा मुलुकमा मानवीय, भौतिक, आर्थिक संकट हुने गरेको छ । गौरमा बाढी आउँदा ८ देखि १० फिटसम्म पानी जम्ने गर्छन् ।
घरको संरचना जमीनी सतहदेखि ४ देखि ५ फिट उचाई रहेको अवस्थामा पानीको सतह बढी हुने हुँदा सरदर १ तल्ला डुब्ने र घरमा भएका खाद्यान्न सामग्री नस्ट हुने गरेकोले दैनिक जीवनयापन गर्न जोहो गरी राखेको सामान एक क्षीणमा समाप्त भएर जाने डरले नगरबासी त्रसित हुने गरेको हो ।
गएको २८ गते आएको विनाशकारी बाढीले गरेको क्षतिको पीडाबाट राहत पाउन नसकेका स्थानीयहरु बाढी आउने खतरा सुन्ने बित्तिकै आतिने गर्छ ।
वार्षिक रुपमा अर्बौं रकम अनियमितता गर्न सक्षम हुने राजनीतिक दलका नेतृत्व गर्ने क्षमतावान राजनेताहरु बर्सेनी बाढीबाट हुँदै आएको क्षति न्यूनीकरण गर्ने तर्फमा ठोस कदम किन चल्दैन ? वर्षायाममा नदी नियन्त्रण तथा राहत वितरणमा लगानी बढी गर्छन् किन ? भनी प्रश्न उठ्ने ठाउँ रहेको छ ।
वर्षाको समयमा गरिने खर्च सुख्खा मौसममा बाँधको मर्मत सम्भारमा गरेको भए मुलुकमा बाढीबाट हुन सक्ने भौतिक तथा मानवीय क्षतिमा न्यूनीकरण हुन सकने बुद्धिजीवीहरुको कथन रहेको छ ।
तपाईको प्रतिक्रिया