मणि प्रसाद गैेह्रे, कपिलवस्तु, २२ पुस । यहि पौष २४ देखि २८ गतेसम्म विराटनगरमा हुन लागेको राट्रपति कप जुनियर इन्टरनेसनल व्याटमिन्टन च्याम्पेन्सीप खेलका लागि नेपालको टिमबाट छनौट भएका खेलाडी तथा कोचलाई विदाई गरिएको छ ।
बुद्धभूमि नगरपालिकाको हलमा एक कार्यक्रम गरी नेपालको राष्ट्रिय टिमबाट छनौटमा पर्न सफल कपिलवस्तुका ३ जना खेलाडिलाई विदाई गरिएको हो ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले खेलाडीलाई नगद रु १० हजार सहित शुभकामनासहित विदाई गरेका हुन् । कपिलवस्तुबाट राष्ट्रिय टिममा १५ वर्ष तल उज्जवल श्रेष्ठ, रोहित वराल छनौटमा परेका छन् भने १९ वर्ष तलको खेलाडीमा लिमिन वेल्वासे छनौट भएका छन् ।
तपाईको प्रतिक्रिया