कपिलवस्तु, २० असोज । कपिलवस्तु जिल्लाको तेस्रो स्थानीय तहको रुपमा बुद्धभूमि नगरपालिका आज एक भव्य समारोहका बीच पूर्ण साक्षर नगर घोषणा भएको छ ।
यसभन्दा पहिले जिल्लाको शुद्धोधन तथा मायादेवी गाउँपालिका पूर्ण साक्षर गाउँपालिका घोषणा भइसकेका छन् ।
बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरपालिको प्रतिवेदन सार्वजनिक गर्दै बुद्धभूमिलाई पूर्ण साक्षर नगर भएको घोषणा गरेका हुन् ।
नगरपालिकामा १५ देखि ६० बीचका ९८ प्रतिशत जनसंख्या साक्षर भएको प्रतिवेदनमा उल्लेख रहेको थियो ।
विभिन्न समयमा साविकका विभिन्न १० ओटै गाविसहरु पूर्ण साक्षर घोषणा भएको र २०७४ मा बुद्धभूमि नगरपालिका पूर्ण भर्ना नगर घोषणा भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै आज पूर्ण साक्षर नगर घोषणा गरिएको नगरप्रमुख केशव कुमार श्रेष्ठले वताए ।
तपाईको प्रतिक्रिया