कैलाली, ७ असोज । टीकापुरमा बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । घरायसी विवादमा टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो ।
बञ्चरोले टाउकोमा हिर्काउँदा घाइते हुँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया