ब्राहमण समाजले बिकृति र बिसंगति विरूद्ध अभियान चलाउने

समाचार

5/17/2019

राजविराज, ३ जेठ । ब्राहमण सेवा समाज सप्तरीको चौथो जिल्ला अधिवेशनवाट निर्वाचित नयाँ कार्यसमितिको एक कार्यक्रमबीच शपथ ग्रहण गराइएको छ ।

बिहिवार नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित शपद ग्रहण कार्यक्रममा ब्राहमण समाज सप्तरीका नयाँ कार्यसमितिलाई निर्वाचन प्रमुख बैधनाथ झाले शपथ ग्रहण गराएका थिए ।

सो अवसरमा नव निर्वाचित अध्यक्ष विवेकानन्द मिश्रले समाजमा भएको विकृति विसंगति र भेदभावको विरूद्वमा ब्राहमण समाजले अभियान चलाउने बताएका छन् ।

दहेज प्रथा, बालविवाह, महिला हिंसा, दुव्र्यवहार जस्ता समाजिक कुरितीविरूद्व ब्राहमण समाजले योजना बनाएर चेतनामूलक कार्यक्रम गर्ने नवनिर्वाचित अध्यक्ष विवेकानन्दले बताए ।

उनले स्वजातीय संगठनलाई मजबुत बनाउनुको साथै गरीब परिवारका ब्राहमणलाई विवाह, उपन्यान, मुण्डन जस्ता शुभकार्य गर्न समाजले सक्दो सहयोग गर्न प्रतिबता जनाए ।

गरिबीका कारण शिक्षा, स्वास्थबाट बन्चित रहेको परिवारलाई सहयोग गर्न समाज तयार रहेको बताउदै चैत्रभित्र सामूहिक विवाह कार्यक्रम गर्ने योजनासमेत रहेको समाजका केन्द्रीय प्रतिनिधि श्यामसुन्दर झाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ