बारा र पर्साका आँधीपीडितलाई चीनको सहयोग

समाचार

4/9/2019

काठमाडौं, २६ चैत । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले आँधी हुरीपीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी छन् ।

राजदूत याङछीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट उक्त रकम हस्तान्तरण गरेकी हुन् । प्रधानमन्त्री ओलीलाई भेट गर्दै उनले विपत्तिप्रति चीनको नजिकबाट चासो ध्यान केन्द्रित गरेको बताएकी छन् ।

उनले नेपाली जनताको दुःखमा दुःखप्रति चिनियाँ जनता पनि दु्ःखी भएको र चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट नेपाललाई सहयोग गरेको बताइन् ।

उनले चीनको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति सहानुभूति व्यक्त गरेकी छन् । यनले चिनियाँ जनता नेपाली जनताको साथमा रहेको र बिपत्तिपछि गरिने पुनर्निमाणमा सहयोग गर्न पनि तयार भएको जनाएकी छन् ।

उनले क्षमता अभिवृद्धि, सहयोग, विपत्ति नियन्त्रण गर्ने तथा घटाउनेतर्फ चीनले नेपालसँग मिलेर काम गर्न चाहेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ