बालिकालाई जबरजस्ती करणी गर्ने ६८ वर्षीय व्यक्ति पक्राउ

समाचार

6/19/2019

बर्दिया, ४ असार । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

राजापुर नगरपालिका ५ बदालपुर बस्ने ६८ वर्षीय लखन लाल चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ