बोलबम कावरिया संघद्वारा एम्बुलेन्स उद्घाटन

समाचार

6/9/2019

काठमाडौं, २६ जेठ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बोल बम काँवरिया संघले नेपाल सरकारद्वारा राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सको शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ अर्घौतेश्वर, बाहुनधारामा एक कार्य्रक्रमका बीच उक्त एम्बुलेन्सको उद्घाटन गरिएको छ ।

उक्त एम्बुलेन्स उद्घाटन कार्यक्रमको अध्यक्षता बोलबम काँवरिया संघका अध्यक्ष राम आज्ञा रौनियारले गरेका थिए भने प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री एबम प्रतिनिधिसभा सदस्य गगन कुमार थापा रहेका थिए ।

विशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे लगायत बोलबम काँवरिया संघका पदाधिकारी, बिभिन्न महिला संघका पदाधिकारी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्रि एबम प्रतिनिधि सभा सदस्य माननीय गगनकुमार थापा र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उक्त एम्बुलेन्सको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका थिए ।

कार्यक्रममा उक्त एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मान समेत गरिएको थियो।न्युनतम शुल्कमा उक्त एम्बुलेन्सले सेवा प्रदान गर्ने पनि उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ