पर्सा, ४ बैशाख । बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका–८ माईस्थान स्थित सडकमा ना.१ ख ७७६७ नम्बरको बसले ना.१३ प ५९८७ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीया कुञ्जन चौरसियालाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया