बस र मोटरसाइकल जुध्दा एकको मृत्यु

समाचार

7/26/2019

रुपन्देही, १० साउन । बुटवल उपमहानगरपालिका १ तिनाउ खोलास्थित सडकमा ना.५ ख ९४०७ नम्बरको बस र लु.४१ प ७७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार छत्रदेव गाउँपालिका–७ बस्ने ३० वर्षीय नारायण भट्टराईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–३ बस्ने ३० वर्षीय बुद्धिराम पौडेललाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ