बृहत स्वास्थ्य शिविर संचालन

समाचार

12/21/2018

मोरङ, ४ पुस । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ, रामलाल गोल्छा धापीदेवी च्यारिटी ट्रष्ट र नोबेल शिक्षण अस्पताल विराटनगरको संयुक्त आयोजनामा मंगलबार बिहान वृहत स्वास्थ्य शिविर संचालन गरिएको छ ।

शिविरमा स्त्रीरोग, जेनरल मेडिसिन, हाडजोर्नी, नशा, बालरोग, आँखा, नाक कान घाँटी, दन्त, मानसिक लगायतका रोगको बिशेषज्ञ चिकित्सकद्धारा जाँच गरिएको थियो ।

शिविरमा भिडियो एक्सरे र ल्याव टेष्ट गरिनुका साथै आवश्यक औषधी समेत निस्शुल्क बितरण गरिएको थियो । सो शिविरमा कूल ४ सय १७ जना प्रहरी कर्मचारी तथा प्रहरी परिवारको स्वास्थ्य परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ