भोजपुरी टाइम्सको पाचौं वार्षिकोत्सव सम्पन्न

समाचार

8/9/2019

वीरगंज, २४ साउन । वीरगंजबाट भोजपुरी भाषामा प्रकाशित हुदै आएको नेपालको एक मात्र भोजपुरी टाइम्स दैनिक पत्रिकाको पाचौं वार्षिकोत्सव कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद महमद समिरले भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्सले हाम्रो पहिचान बढाएको बताए ।

पत्रिकाको प्रगतिका लागि शुभकामना दिँदै सांसद समिरले पत्रिकाले भोजपुरी भाषको बिकास र जर्गेना हेतु पनि भूमिका खेलेको बताए । भोजपुरी भाषाको विकासका लागि प्रदेश सरकार गम्भीर नरहेको बताउदै सांसद समिरले संसदमा आफूले अवाज उठाउने समेत बताए ।

बारा जिल्लाको कलैया स्थित दास गेष्ट हाउसमा भएको कार्यक्रम बिधायक समिरले भाषाको बिकासको लागि प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुनु पर्नेमा केही गर्न नसकेको उनको गुनासो थियो ।

रेडियो नेपालबाट प्रसारण हुदै आएको मैथली र भोजपुरी भाषाको कार्यक्रम बन्द गर्नु कार्य प्रति आपति जनाउदै उनले तत्काल संचालन गर्नु पर्ने माग समेत गरे ।

मुलुक संघियतामा गइसकेकोले झन कार्यक्रमको अवधी बढाउनु पर्ने बन्द गर्नु कार्य संघियता माथीको नै प्रहार भएको उनको कथन थियो । तत्काल कार्यक्रम संचालन गर्नुको साथै कार्यक्रमको अवधि बढाउनु पर्ने उनको माग थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ