भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

समाचार

2/21/2019

काठमाडौं, ८ फागुन । भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीगिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव निरजकुमार जैसवालको उपस्थितिमा प्युठानको रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।

विद्यालयमा नयाँ कक्षा, छात्रावास, सुरक्षा गार्ड रुम, पानी ट्यांकी र सुरक्षा पर्खाल पनि निर्माण गरिएको छ । नयाँ पूर्वाधारले विद्यालयलाई उच्च माध्यमिक तहको पठान पाठन गराउन सहज हुने भारतीय दूतावासले विश्वास लिएको छ ।

विद्यालयमा पढ्ने गरिब तथा सीमान्तकृत बालबालिकाको शिक्षाको स्तर माथि उठाउन पनि नयाँ पू्र्वाधारले सघाउ पु¥याउने विश्वास दूतावासले विज्ञप्तीमार्फत् जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ